नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा डडेल्धुरामा पैसा बाँडेर चुनाव जित्ने गरेको आरोप लगाएका छन्।
आज परशुराम नगरपालिकाको रंगमैदान जोगबुढामा एमाले डडेल्धुराको नवौँ जिल्ला अधिवेशन उद्घाटन गर्न पुगेका ओलीले देउवाले चुनावका बेला खुलेआम पैसा बाँड्ने गरेको आरोप लगाएका हुन्।
‘नेकपा एमाले यहाँ दुई कारणले हार्छ। एउटा शेरबहादुर जीले जित्ने तरिका उहाँ खुलेआम पैसा बाँड्नुहुन्छ। टेलिभिजनले खुलेआम देखाएको हुन्छ,’ उनले भने, ‘सक्ताको दुरुपयोग गरेको हुन्छ। त्योभन्दा बढी के भनम्।’
त्यसैमा थप्दै उनले भने, ‘सागर भन्ने एउटा बावु आएका थिए। तिनलाई समर्थन गर्न देखेको थिए, मिस पवि भन्ने। मिस पविले जोड गरेकै हुन्। विचारा एउटी मिस पवि के गरून्।’
उनले डडेल्धुरामा एमालेको उम्मेदवार नउठेपछि जित्ने कुरा नभएको बताए। उनले अब नेकपा एमाले डडेल्धुराले कसैलाई सघाउन जानेभन्दा पनि एक्लै लडेर जित्ने कार्य गर्ने जिकिर गरे।
