मुलुकलाई औद्योगिक विकासतर्फ लैजान साना र घरेलु उद्यमशिलता बढाउनुपर्छ : राष्ट्रपति


राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई औद्योगिक विकासतर्फ अग्रसर गराउन साना तथा घरेलु उद्यमशिलतालाई बढवा दिन जरुरी रहेको बताएका छन्।

बुधवार नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको नेपाल १७औँ अन्तर्राष्ट्रिय औद्यौगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

राष्ट्रपति पौडेलले गरिबी न्युनिकरण, रोजगारी अभिवृद्धि गरी आत्मनिर्भर बनाउन योगदान दिने मुलुकको अर्थतन्त्रको जगका रुपमा रहेको लघु,घरेलु तथा साना उद्योगलाई प्राथमिकता दिनुपर्ने बताए।

उनले साना तथा घरेलु उद्योग क्षेत्रको विद्यमान पुँजी, कच्चा पदार्थ, प्रतिष्पर्धात्मक क्षमता, बजारीकरण र दक्ष जनशक्ति लगायतका समस्या समाधानमा सरकार र व्यवसायीहरुले हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिए।

उनले प्राकृतिक स्रोतको उपयोग समावेशी र समानुपातिक सहभागितामा मात्रै नभएर परम्परागत कृषिलाई औद्योगिक कृषिमा बदल्नेसमेत सघाउ पुर्‍याउने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *