नायिका रेखा थापाविरुद्ध गालीगलौज गरेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ l शर्मिला वाइबा नाम गरेकी युवतीलाई नेपाल प्रहरी केन्द्रीय साइबर ब्युरोका अनुसन्धानको लागी पक्राउ गरेको हो l
गत शुक्रवार साइबर ब्युरोमा आफ्नो चरित्रहत्या गरेको भन्दै रेखाको दिदीको तर्फ बाट उजुरी परेको थियो l पल शाहविरुद्ध बलात्कारको जाहेरी दिएकी नाबालिक पीडितको पक्षमा बोलेको भन्दै अभिनेत्री थापालाई गालीगलौज गरिएको उजुरीमा उल्लेख छ ।
केही दिन अघि पल शाह प्रकरणमा नाबालिग किशोरीको पक्षमा सार्वजनिक अभिव्यक्ति दिएपश्चात् रेखामाथि गालीगलौज सुरु भएको थियो ।
