बागमती प्रदेशसभाको बैठक वैशाख ३१ गते आह्वान


बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशसभाको वर्षे अधिवेशन यही वैशाख ३१ गते अपराह्न १ बजे बस्ने गरी आह्वान गरेका छन्।

बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिस अनुसार उनले नेपालको संविधानको धारा, १८३ को उपधारा १ बमोजिम आज प्रदेशसभाको बैठक आह्वान गरेका हुन्।

प्रदेशसभाको हिउँदे अधिवेशन यही वैशाख १२ गते राति १२ बजेदेखि अन्त्य भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *