बाँकेमा अनलाइन पत्रकार संघ गठन, संयोजकमा न्यौपाने र सह-संयोजकमा अन्सारी चयन


बाँकेमा सञ्चालित अनलाईन मिडियालाई व्यवस्थितका साथै समग्र विकासका लागि नेपालगञ्जमा अनलाइन पत्रकार संघको तदर्थ समिति गठन गरिएको छ ।
सोमबार नेपालगञ्जमा भएको अनलाइन मिडियाका प्रकाशक, सम्पादक र प्रतिनिधी लगायतको भेलाले कमल न्यौपानेको संयोजकत्वमा नौ सदस्यीय तदर्थ समिति समेत गठन गरेको हो । 

सेतोखरी मिडिया प्रालीका प्रकाशक तथा प्रधानसम्पादक कमल न्यौपानेको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति समेत गठन गरेको छ । भेलाले अनलाइन खोजखबरका प्रकाशक जावेद अन्सारीलाई सहसंयोजकको जिम्मेवारी दिएको छ । यस्तै नागरिक समाज डट कमका कार्यकारी सम्पादक रामु ओलीलाई सचिव, नील खबर डट कमका संगीता पाठक (सन्ध्या)लाई सहसचिव र हाम्रो आवाज डट कमका अस्लाम खाँलाई कोषाध्यक्षमा चयन गरेको छ ।

कार्य समिति सदस्यमा किसान आवाज डट कमका सम्पादक सुनिता पन्त, युथ टुडेका सम्वाददाता प्रेरणा गिरी, समयपत्रका सम्पादक भिष्म लोध र दिक्षा विसीलाई चयन गरेको छ । गठित तदर्थ समितिको पहिलो बेठक पनि सोमबार नै बसेको छ । 

उक्त बैठकले हरेक महिनाको १५ गते मासिक नियमित बैठक बस्ने, संघ आधिकारीक दर्ताका लागि आवश्यक प्रक्रिया अघि बढाउने, नविकरण र दर्ता नभएका अनलाईन दर्ताको प्रक्रिया अघि बढाउन प्रयास गर्ने निर्णय गरेको छ ।

बैठकले संघको सल्लाहकारमा रूद्र सुवेदी, प्रेम केसी, शंकर खनाल, विश्वराज पछलड्डया, डक्ट प्रसाद धिताललाई मनोनित गर्नका लागि बहस अघि बढाउनु निर्णय गरेको छ । आगामी बैठकले सल्लाहकार समितिका पदाधिकारीको मनोनय गर्नेछ । 

संघले स्थानीय तह लगायत सम्बन्धित निकायसँगको समन्वयमा अनलाईन पत्रकारिताको विकास र पत्रकारको क्षमता अभिवृद्धिका साथै पत्रकारको हकहित र अधिकारका बिषयमा विविध कार्यक्रम तथा गतिविधी सञ्चालन गर्ने भएको सचिव ओलीले जानकारी दिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *