भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पदको शपथ लिएका छन्। आइतवार साँझ मोदीले तेस्रोपटक राष्ट्रपति द्रौपदी मुर्मूसमक्ष शपथ लिएका हुन्।
मोदीको शपथ ग्रहण कार्यक्रममा दक्षिण एशियाली नेताहरू पनि नयाँ दिल्ली आइपुगेका छन्।
मोदीको शपथमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल‚ भूटानका प्रधानमन्त्री छिरिङ तोबगे‚ बंगलादेशकी प्रधानमन्त्री शेख हसिना‚ श्रीलंकाका राष्ट्रपति रणिल विक्रमासिंघे‚ मालद्वीपका राष्ट्रपति डा. मोहम्मद मोइज्जू सहभागी भएका छन्।
यसैगरी सिसेल्सका उपराष्ट्रपति अहमद अफिफ‚ मौरिससका प्रधानमन्त्री प्रवीन्द कुमार जगन्नाथ पनि मोदीको शपथमा सहभागी भएका छन्।
