काठमाडौं – विश्वभर कोरोनाभाइरसको संक्रमण फेरि बढ्न थालेको छ । डेढ साताअघि दक्षिण अफ्रिकामा देखिएको कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन अहिले विश्वका विभिन्न देशहरुमा फैलिएको छ ।
केही दिनअघि अमेरिकामा देखिएको अोमिक्रोन पछिल्लो पटक २४ मुलुकमा देखा परेको छ । नयाँ भेरियन्ट फैलिन थालेपछि विश्वका विभिन्न देशले उडान पनि बन्द गर्न थालेका छन् ।
यस्तै भारत सरकारले पनि नयाँ भेरियन्ट पत्ता लागेपछि अन्तराष्ट्रिय उडान रोक्ने निर्णय गरेको छ । बुधबार भारतको नागरिक उड्डयन महानिर्देशनालयले एक सूचना जारी गर्दै सबै अन्तराष्ट्रिय उडान रोक्ने बताएको छ ।
सूचनामा भनिएको छ – ‘चिन्ताको विषय बनेको नयाँ भेरियन्ट पत्ता लागेपछि । विश्वभर विकसित परिदृश्यलाई मध्यनजर गर्दै सबै सरोकारवालासँगको परामर्शका आधारमा अवस्थालाई नजिकबाट हेरिएको छ । उपयुक्त समयमा निर्णय गरी अन्तर्राष्ट्रिय व्यवसायिक उडान सुचारु गर्ने मितिबारे सबैलाई सूचित गरिने छ’
