रास्वपाका मन्त्रीले पदको दुरुपयोग नगरी बजेट छुट्याएका छन् : गृहमन्त्री लामिछाने


उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो पदको दुरुपयोग नगरी बजेट विनियोजन गरेको दावी गरेका छन्।

बिहीवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारमा गएका मन्त्रीहरुले पदको दुरुपयोग नगरी सन्तुलित रुपमा बजेट विनियोजन गरेको दावी गरेका हुन्।

उनले बजेटमा आफूले सकेजति र नागरिकले भनेको आवश्यकताअनुसार विभिन्न ठाउँमा प्राथमिकीकरण गरेर बजेट ल्याएको बताए।

उनले बजेट पारित गरिसकेपछि आफ्नो निर्वाचन क्षेत्र चितवन गएर मतदातासँग अन्तरक्रिया गर्ने बताए। उनले बजेट निर्माण प्रणालीमा नै समस्या रहेको उल्लेख गरे।

‘बजेट हामीले सकेजति, गर्न सकेजति, आवश्यकताअनुसार विभिन्न ठाउँमा आएको प्राथमिकताअनुसार भएको छ। पदको दुरुपयोग गरिएको छैन‚’ उनले भने, ‘बजेट पारित गरिसकेपछि चितवन नै गएर अन्तरक्रिया गर्नेछु। आवश्यकताअनुसार जसरी मलाई नागरिकहरुले भन्दै आउनुभएको थियो, मैले पनि यो आवश्यकता नै हो है भनेर प्राथमिकीकरण गरेर गरेको छु। बजेट प्रणालीमै समस्या छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *