तीनकुनेमा गणतन्त्रको समर्थनमा एमालेको मोटरसाइकल र्‍याली


 नेकपा एमालेले काठमाडौँको तीनकुनेमा गणतन्त्रको समर्थनमा मोटरसाइकल र्‍याली गरेको छ।

आज एमालेले देशभर विभिन्न स्थानमा गणतन्त्रको पक्षमा र्‍याली आयोजना गरेको थियो। सोही कार्यक्रमअन्तर्गत काठमाडौँमा पनि मोटरसाइकल र्‍याली गरेको हो। 

गणतन्त्रको संरक्षण तथा पार्टीको सांगठनिक सुदृढीकरणलाई लक्षित गरी आयोजित र्‍यालीमा पार्टीका नेता/युवा कार्यकर्ताको सहभागिता रहेको थियो। 

र्‍यालीमा उनीहरूले मोटरसाइकलमा एमालेको झण्डा फहराउँदै पार्टीको नारा लगाउँदै तथा लोकतान्त्रिक मूल्य–मान्यताको पक्षमा ऐक्यबद्धता जनाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *