कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष (२०८१/८२) का लासग ३ अर्ब ५९ करोड १८ लाख ६८ हजार ९९९ रुपैयाँ बराबरको बजेट ल्याएको छ । जुन चालु आर्थिक वर्षको भन्दा बढी हो । चालु आर्थिक वर्षमा ३ अर्ब २ करोड ६१ लाख बराबरको बजेट ल्याएको थियो ।
नगरपालिकाका नगरउपप्रमुख निलकण्ठ खनालले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको कुल बजेटमध्ये १ अर्ब ७५ करोड ७३ लाख ६८ हजार अर्थात ७८.९३ प्रतिशत चालुतर्फ विनियोजन गरिएको छ भने १ अर्ब ८३ करोड ४५ लाख अर्थात ५१.०७ प्रतिशत रकम पुँजीगत छुट्याइएको छ ।
आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोत मध्ये सङ्घीय वित्तीय सामानीकरण अनुदान २४करोड १२ लाख, सर्शत अनुदान १ अर्व ६९ करोड २८ लाख ५१ हजार ३६, सङ्घीय राजश्व बाँडफाँड १८ करोड ९८ लाख८१ हजार ९०,सङ्घीयसरकार विशेष अनुदान पूँजीगत रु. १ करोड ५० लाख, सङ्घीय सरकार समपूरक अनुदान पूँजीगत रु.१ करोड, सङ्घीय सरकार रोयल्टी रु. ८ लाख १८ हजार८ सय ७३ र प्रदेश सरकार वित्तीय समानीकरण अनुदान रु. २ करोड ९९ लाख १४ हजार रहेको छ ।
यस्तै प्रदेश सशर्त अनुदान रु.२८ करोड १३ लाख ३८ हजार, प्रदेश राजश्वव बाँडफाँड रु.६४ लाख ७५ हजार १ सय ४८, घर, जग्गा, रजिष्टेशन तथा मनोरञ्जनबाट रु.१४ करोड ३६ लाख ५८ हजार ८ सय ५२ र दहत्तर वहत्तर शुल्क रु. २ करोड ५० लाख अनुमान गरिएको छ । यस्तै नगरपालिकाको आन्तरिक आय रु.३६ करोड ८३ लाख ४ हजार हुने अनुमान गरिएको छ भने चालु आर्थिक वर्षमा खर्च नभई मौज्दात रहने रकम बाट रु. १८ करोड ७४ लाख २८ हजार रहेको छ । यस्तै सामाजिक सुरक्षा अनुदानबाट रु. ४० करोड रकम पाइने अनुमान गरिएको छ । नगर उपप्रमुख निलकण्ठ खनालले आगामी आर्थिक वर्षमा तलब भत्ता तथा कार्यालय सञ्चालनका लागि रु. ३१ करोड ५० लाख विनियोजन गरेका छन् ।
