प्रतिनिधि सभाबाट अभिलेख संरक्षण विधेयक पारित


प्रतिनिधि सभाको आजको बैठकले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०८१ सर्वसम्मतिले पारित गरेको छ ।

आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

राष्ट्रिय सभामा उत्पत्ति भएको विधेयक अभिलेख संरक्षणसम्बन्धी कानुनी व्यवस्थालाई समयानुकूल बनाउन र नेपालमा अहिले रहेका अभिलेखहरूको संरक्षणका सम्बन्धमा प्रचलित कानूनमा रहेका अन्य समसामयिक तथा प्राविधिक विषय सुधार गर्न ल्याएको हो ।

प्रतिनिधि सभाको अर्को बैठक भाेलि बिहीवार बिहान ११ बजे बस्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *