फिनल्याण्डका राजदूत पेटी पुहक्काले शुक्रबार मध्यपश्चिम विश्वविद्यालयको स्थलगत भ्रमण गरेका छन्। नेपालका लागि फिनल्याण्डका राजदुतले विश्वविद्यालयहरुमध्ये सुर्खेत स्थित मध्य पश्चिम विश्वविद्यालयको शुक्रवार भ्रमण गरेका हुन्।

भ्रमणका क्रममा उनले विश्वविद्यालयका पदाधिकारीसँग छलफल गर्दै राजदूत पेटीले आगामी दिनमा विश्वविद्यालय र दूतावासबीच सहकार्यका लागि आफू उत्साहित रहेको बताए। ‘हामीले शिक्षाको क्षेत्रमा धेरै प्रगति गर्नुपर्नेछ, म अहिलेको यो भ्रमणबाट सहकार्यका लागि उत्साहित छु।’ उनले भने ।
विश्वविद्यालयका कुलपति प्रा. डा. ध्रुव गौतमले राजदूत पेटीको भ्रमणले आगामी दिनमा विश्वविद्यालय र फिनल्याण्डबीच सहकार्यको ढोका खोल्ने विश्वास व्यक्त गरे ।

दुई मुलुकबीच कूटनीतिक सम्बन्ध सन् १९७४ मा स्थापना भएयता फिनल्याण्ड नेपालका लागि विश्वासिलो विकास साझेदारका रुपमा परिचित भएकाले पनि विश्वविद्यालयले राजदूत पेट्रीको भ्रमणलाई अर्थपूर्ण रुपमा लिईएको विश्वविद्यालयका प्रशासकीय अधिकृत शेरबहादुर केसीले बताए ।
