प्रधानमन्त्रीलाई एमालेको ध्यानाकर्षण : दीर्घकालीन असर पर्ने काम नगर्नु


नेकपा एमालेले प्रधानमन्त्रीलाई दीर्घकालीन असर पर्ने कुनै काम नगर्न नगराउन ध्यानाकर्षण गराएको छ।

महासचिव शंकर पोखरेलले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सरकार अल्पमतमा परिसकेको भन्दै ध्यानाकर्षण गराएका हुन्। संसदका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि सहमति गरिसकेका छन्।

महासचिव पोखरेलले राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रियामा सहभागी हुन र सहयोग गर्न पनि प्रचण्डलाई आग्रह गरेका छन्।

एमालेले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै बुधबार नै आफ्ना सबै मन्त्री फिर्ता बोलाइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *