पेस्तोल देखाइ लुटपाट गर्ने २ जना पक्राउ


नेपालगन्ज : पेस्तोल देखाइ लुटपाट गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा २ रुपैडिया स्थित निबिया घर बताउने २६ वर्षिय डब्लु मनिहार र भारतको बाबागन्ज घर बताउने २८ वर्षिय निजामुद्दिन कवडिया रहेको प्रहरीले जनाएको छ।

बर्दियाको बढैयाताल गाउँपालिका स्थित सितबजार बस्ने पर्शुराम सार्कीको घरबाट शुक्रबार रात पेस्तोल देखाई ३ लाख ३५ हजार बराबरको नगद र सुन लुटेको र गत माघ १७ गते बाँकेको खजुरा गा.पा. डि गाउँ बस्ने हरी प्रकास बि.क.को घरबाट पनि पेस्तोल देखाई नगद ५० हजार, सुन ३.५ तोला र २२० सि.सी.को पल्सर मोटरसाईकल लुटेको अभियोगमा ती दुई जनालाई प्रहरीले शनिबार पक्राउ गरेको हो।

प्रहरीका अनुसार ईलाका प्रहरी कार्यालय खुद्रा खजुराबाट खटिएको प्रहरी टोलिले १ थान कटुवा पेस्तो सहित जानकी गाउँपालिका ५ बुढियागाउँबाट पक्राउ गरिएको हो।

पक्राउ परेका दुबैजना माथि थप अनुसन्धान अघि बढाइएको बताइएको छ। त्यसो त, प्रहरीले सुरक्षामा कडाइ गर्दै आइरहेको भएपनी यसरी गुण्डा शैलीमा चोरीका घट्ना बढ्न थालेपछि स्थानीयमा डर पैदा भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *