जसपाका मन्त्रीले प्रचण्डलाई बुझाए राजीनामा


जनता समाजवादी पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा पत्र बुझाएका छन्।

जसपाले प्रचण्ड नेतृत्त्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उसका मन्त्रीहरुले राजीनामा बुझाएका हुन्।

सरकारमा जसपाबाट स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादव‚ वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडी र स्वास्थ्य राज्यमन्त्री हसिना खान थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *