कोशी ब्यारेजमा रातो झण्डा गाडियो, खोलिए सबै ढोका


सप्तकोशी नदीमा पानीको वहाव वर्षकै उच्च भएपछि खतराको संकेत रातो झण्डा गाडिएको छ।

नदीको बहाव निरन्तर बढ्दो क्रममा रहेसँगै ब्यारेज पुलमा रातो झण्डा गाडिएको हो। पूर्वी पहाडी भेगमा जारी निरन्तरको वर्षासँगै नदीको बहावले आज बिहान उच्च मापन तह पार गरेको थियो।

पछिल्लो मापनअनुसार कोशी ब्यारेजमा पानीको बहाव ४ लाख ८० हजार ४ सय ९५ क्युसेक प्रतिसेकेण्ड पुगेको छ। ब्यारेजका ५६ वटै ढोका खोलिएको छ। यसैबीच बढ्दो बहावलाई मध्यनजर गर्दै भारतीय पक्षले समेत अलर्ट जारी गरेको छ। जल संसाधन विभाग पटनाले विशेष बुलेटिन जारी गर्दै कोशीको बहाव ६ लाख ८१ हजार ६ सय ३९ क्युसेकसम्म पुग्ने अनुमान गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *