बाँके प्रहरीद्वारा बैंकिङ कसुर मुद्दामा संलग्न फरार प्रतिवादी पक्राउ


बैंकिङ कसुर मुद्दामा संलग्न फरार प्रतिवादीलाई बाँके प्रहरीले पक्राउ गरेको छ । उक्त मुद्धामा फरार बाँके राप्तीसोनारी गाउँपालिका ५ बिनौनाका ३२ वर्षीय अशोक चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई जिल्ला अदालतले भदौ ३० गते बैंकिङ कसुर मुद्दामा दोषी ठहर गरेको थियो । उनीमाथि ३ लाख ७० हजार बैंकिङ कसुर गरेको अभियोग छ । जिल्ला अदालतको आदेशपछि उनी फरार थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *