नयाँ ढंगले सोच्ने बेला आएको छ : जनार्दन


नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले माओवादी र कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्नका लागि नयाँ ढंगले सोच्न जरुरी रहेको बताएका छन्।

शनिबार चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले केही असन्तुष्टिका कारण तितरवितर भएको माओवादी आन्दोलनलाई एकताबद्ध गर्न ठूलो छाती गर्नुपर्ने आवश्यकता रहेको बताए।

उनले जनजीविकाको सवालमा आज जनताले प्रश्न गरिरहेको भन्दै प्रश्नको सम्बोधन गर्नु राजनीतिक दलहरुको दायित्व भएको बताए। उनले पीडित वर्गका बालबालिकाहरुले रोजगारी, सहज शिक्षा, गुणस्तरीय उपचार पायो कि पाएन? भन्ने कुरा मुख्य भएको पनि बताए।

उनले भने, ‘जनजीविकाको सवालमा आज जनताले प्रश्न गरिरहेका छन्। हामीसँग असन्तुष्टि व्यक्त गरिरहेका छन्। हामीलाई प्रश्न सोधिरहेका छन्। आज एउटा गरिवको छोराले रोजगारी पायो कि पाएन? आज एउटा पीडित वर्गका बालबालिकाहरुले रोजगारी, सहज शिक्षा पायो कि पाएन? यी कुराहरुको सम्बोधन आज जनताले चाहेका छन्। जनजीविकाको सवाललाई सम्बोधन गर्न सक्नु आजका राजनीतिक पार्टी र हाम्रो पार्टीको मुख्य काम हो।’

उपमहासचिव शर्माले समावेशी र संघीयताका मुद्दालाई वर्तमान गठबन्धनले नजरअन्दाज गरेको आरोप लगाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *