कांग्रेस नेता जोशीको शव अन्तिम श्रद्धान्जलीका लागि दिउँसो पार्टी कार्यालयमा राखिने


काठमाडौं, चैत्र १४

नेपाली कांग्रेसका नेता स्व. नवीन्द्रराज जोशीको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलीका लागि पार्टी कार्यालयमा राखिने भएको छ । पाटीको केन्द्रीय कार्यालय सानेपामा मध्याह्न १२ बजेदेखि २ बजेसम्म राखिने भएको हो ।

नर्भिक अस्पतालमा उपचारमा क्रममा शुक्रबार राति ८ बजेर २४ मिनेटमा जोशीको निधन भएको थियो । गत फागुन १४ गते बिहान मस्तिष्कघात भएपछि उहालाई उपचारार्थ वीर अस्पताल हुँदै नर्भिक अस्पताललाई भर्ना गरिएको थियो ।

विसं २०१९ असार ३ गते काठमाडौँमा जन्मिनु भएका नेता जोशी २०७० मा काठमाडौं क्षेत्र नं ८ बाट संविधानसभा सदस्यमा निर्वाचित हुनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *