प्रतिनिधिसभा बैठक झन्डै डेढ घण्टा अवरुद्ध


प्रतिनिधिसभाको बैठकलाई विधि र प्रक्रिया अनुसार चलाउनुपर्ने माग राख्दै प्रतिपक्षी दलका सांसदहरूले विरोध जनाएका कारण झन्डै डेढ घण्टा बैठक अवरुद्ध भएको छ । आजको बैठकमा आकस्मिक समय र शून्य समयको प्रक्रिया पूरा भइसकेपछि सभामुखको आसनमा रहनुभएकी उपसभामुख इन्दिरा राना मगरले नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न समय दिनुभएको थियो ।

खतिवडाले रवि लामिछानेतर्फ इङ्गित गर्दै विभिन्न आरोप लगाउनुभयो । त्यसपछि रास्वपासहितका विपक्षी दलहरूले सत्तापक्षीय सांसदलाई कुन नियममा रहेर आकस्मिक र शून्य समय सकिएपछि बोल्न दिइयो भन्दै प्रश्न गर्दै उठेर विरोध जनाएका थिए । विपक्षी दलको लगातारको विरोधपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गर्नुभएको थियो तर बैठक डेढ घण्टापछि पुनः शुरू भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *