कर्णाली प्रदेश सरकारले जारी गरेको ‘प्रदेश निजामती सेवा ऐन’ संशोधन गर्ने निर्णय भएको छ । बुधबार बसेको कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले संशोधन गर्ने निर्णय गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहले बताए ।
‘ऐनमा केही समस्या थिए । कर्मचारीहरूले पनि कुरा उठाउनुभयो,’ शाहले भने, ‘उहाँहरूको मागलाई मध्यनजर गर्दै संशोधन गर्ने निर्णय गरिएको हो ।’
