नेपालमा सञ्चालित एमसीसी परियोजना स्थगित


नेपालमा सञ्चालित अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का परियोजनाहरू स्थगित भएको छ। मंगलवार अर्थ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै एमसीसी फण्डबाट भुक्तानी भइ सञ्चालन भइरहेका आयोजनाहरू कार्यकारी आदेशअनुसार रोकिएको जानकारी गराएको छ।

दोस्रोपटक अमेरिकी राष्ट्रपति भएपछि डोनाल्ड ट्रम्पले सम्पूर्ण वैदेशिक सहायता ९० दिनसम्मका लागि रोक्ने आदेश दिएका कारण एमसीसीका परियोजना रोकिएका हुन्। नेपाल सरकारलाई यसबारे २ फागुन २०८१ मा इमेल आएको अर्थ मन्त्रालयले जनाएको छ। नेपाल सरकार र यस निकायबीच २९ भदौ २०७४ मा एमसीसी कार्यान्वयनबारे सम्झौता भएको थियो।

यसअघि युएसएडसँग सम्बन्धित परियोजना पनि स्थगित भइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *