पहिलेकै दरमा भाडा लिएर सहयोग गर्नू : प्रधानमन्त्री केपी शर्मा ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले हवाई भाडा अरु बेला भन्दा महँगो भएको गुनासो सामाजिक सञ्जालमा सुनिएको भन्दै पहिलाकै दरमा भाडा लिएर सहयोग गर्नु आग्रह गरेका छन्। आज(आइतबार) सामाजिक सञ्जालबाट उनले यस्तो आग्रह गरेका हुन्।

लगातारको वर्षा र बाढी पहिरोले सडक यातायात अवरुद्ध हुँदा अत्यावश्यक यात्रामा पनि अप्ठेरो परेको उनले बताए।

उनले भनेका छन्,‘हवाई भाडा अरु बेला भन्दा महँगो भएको गुनासो सामाजिक सञ्जालमा सुनिएको छ, हवाई सेवा दिँदै आएका एयरलाइन्सहरूलाई यस्तो विपत्तिको समयमा यात्रुहरूसँग पहिले भन्दा सहुलियत मूल्यमा या पहिलाकै दरमा भाडा लिएर सहयोग गर्नुहुन अनुरोध छ।’

उनले नेपाल सरकार पर्यटन मन्त्रालयले पनि हवाई यात्रुको लागि र उद्धार उडानको लागि विशेष निर्णय गरेको जानकारी दिए। ‘हामीमाथि परेको प्राकृतिक विपत्ति हामी सबै मिलेर सामना गर्नुपर्छ,’उनले भने।

उनी हाल राष्ट्र सघंको ७९ औँ महासभामा भाग लिन अमेरिकामा छन्। उनी भोलि नेपाल फर्किने कार्यतालिका छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *