पहाडी क्षेत्रमा आज फागुपर्व मनाइँदै


देशका पहाडी क्षेत्रमा बिहीबार फागुपर्व मनाइँदैछ। यो पर्व फाल्गुन शुक्ल पूर्णिमामा मनाइन्छ। योपटक भने बिहीबार १० घडी ३६ पला अर्थात् बिहान १० बजेर ३२ मिनेटसम्म चतुर्दशी तिथि रहने र त्यसपछि पूर्णिमा लाग्ने पञ्चांगमा उल्लेख छ। वसन्त ऋतुको आगमनको उल्लासमा मनाइने यो पर्व एक अर्कामाथि पानी छ्यापेर र विभिन्न प्रकारका रङ दलेर मनाउने चलन छ। यो पर्वलाई कटुता समाप्त गरेर एक आपसमा खुशी साट्ने दिनका रूपमा लिइन्छ।

यही पर्वलाई तराई-मधेश क्षेत्र होलीका नाममा पूर्णिमाको भोलिपल्ट मनाउने परम्परा छ। हिरण्यकश्यपुकी बहिनी होलिका आगोमा जलेर मरेको खुशीयालीमा फागुपर्व मनाउन थालेको बताइन्छ। होलिकाकै नामबाट होली पर्व चलेको विश्वास पनि गरिन्छ। फागुपर्वका अवसरमा सरकारले पहाडी जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *