लेखा समितिमा उजुरीको चाङ, सय उजुरी सांसदलाई वितरण


प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा उजुरीको चाङ लागेको छ। लेखा समितिका सचिव एकराम गिरीका अनुसार सार्वजनिक सरोकार र सरकारको लेखासम्बन्धी विषयमा उजुरी पर्ने गरेका छन्। लेखा समितिले आर्थिक अनियमितता तथा सरकारी तथा गैरसरकारी क्षेत्रमा भएका मुख्य प्रकरणमा छलफल गरी सरकारलाई निर्देशन दिने गर्छ। समितिले संसद् भएको वा नभएको वेला पनि बैठक बसेर तत्कालीन विषयमा छलफल गरी सम्बन्धित निकायको ध्यानाकर्षण गराउने गर्ने गरेको छ।

लेखा समितिको बैठकमा प्राप्त उजुरीहरू सांसदहरूलाई वितरण गरेरमात्र छलफलमा ल्याइन्छ। सरकारी पदमा रहेकाहरूले सरकारी जग्गा व्यक्तिको नाममा गरेको, आयोजनाहरूको आर्थिक अनियमितता गरेको, डेडिकेटेडे र लेखा समितिले पोखरा र भैरहवा विमानस्थलमा भएको भनिएको अनियमितताबारे दुईवटा छुट्टाछुट्टै उपसमिति बनाएर अध्ययन गरिरहेको छ। गत असारमा गठित उपसमितिलाई अध्ययन, अनुगमन र छानबिन गरी रायसहितको प्रतिवेदन पेश गर्न भनिएको छ। संसद् सचिवालयका अनुसार समितिमा उजुरी आउने क्रम जारी नै छ। सयवटाभन्दा बढी उजुरी यसअघि नै सांसदहरूलाई बाँडीसकिएको छ। गत माघ ८ गतेदेखि समितिको बैठक बस्न सकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *