नेपाल प्रहरीको आईजीपीमा दीपक थापा नियुक्त


मन्त्रिपरिषद्को आजको बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा प्रहरी अतिरीक्त महानिरीक्षक दीपक थापालाई नियुक्त गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

२०५२ भदौ १९ मा प्रहरी सेवामा प्रवेश गरेका दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ आइजीपीका दावेदार थिए। तर पहिलो नम्बरमा परेका थापालाई सरकारले आईजीपी नियुक्त गरेको हो। हालका महानिरीक्षक वसन्तबहादुर कुँवर आज राति १२ बजेदेखि अवकासमा जाँदै छन्।

नवनियुक्त प्रहरी महानिरीक्षक थापा २०५२ साल भदौ १९ गते इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए। उनी २०६३ भदौ ८ गते डीएसपी बने। २०७२ साउन ८ मा एसपी बनेका उनी २०७५ फागुन ६ मा एसएसपीमा बढुवा भए। २०७९ असार १७ मा डीआईजी बनेका उनी २०७९ चैत ६ मा एआईजी भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *