पल शाहविरुद्ध बलात्कार मुद्दा दायर


पछिल्लो समय अभिनेता पल शाह र गायिका समीक्षा अधिकारीको सम्बन्धलाई लिएर चर्को विवाद देखिए पछि जिल्ला प्रहरी कार्यालय तनहुँमा पल विरुद्ध बलात्कारको मुद्दा दायर भएको छ। शाहमाथि बालिकालाई प्रेम सम्बन्धमा पारेर जबरजस्ती करणी गरेको आरोप लागेको छ।

नाबालिग गायिकालाई विवाह गर्छु भनेर फकाएर जवर्जस्ती यौन सम्बन्ध राखेको भन्दै उनी विरुद्ध जाहेरी दर्ता भएको हो। १७ वर्षीया एक गायिका आफैं पुगेर बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा शाहविरूद्ध जाहेरी दिएकी हुन्।

यस अगाडि गायिका आफूमाथि पल शाहले यौन दुर्व्यवहार गरेको भन्दै एक महिना अघि जिल्ला प्रहरी कार्यालय कास्की पुगेकी थिइन्। तर जिल्ला प्रहरी कार्यालय कास्कीमा शाहविरुद्ध जाहेरी दर्ताको प्रयास भएको थियो। कास्कीले आफ्नो कार्यक्षेत्र नपरेको भन्दै एक महिना अगाडि नै तनहुँमा जाहेरी दर्ता गर्न सुझाव दिएको थियो। गण्डकी प्रदेश प्रहरीका अनुसार शाहविरूद्ध परेको जाहेरी दर्ता भई कानुनी प्रक्रियामा गएको छ।

तनहुँ प्रहरी कार्यालयमा जान सुझाव दिएपछि बीचैमा पलले गायिकालाई फकाईफुल्याई गर्ने मौका पाएको देखिन्छ।

यो बीच दुबै बसेर गरेको कुराकानीको अडिओ विभिन्न सामाजिक सञ्जालमा आइसकेको छ। उक्त अडिओमा पलले आफूहरूबीच शारिरिक सम्बन्ध भएको स्विकारेका छन्। कानुनअनुसार १८ वर्षभन्दा मुनिका बालबालिकासँग सहमतिमै पनि राखिएको शारिरिक सम्बन्ध बलात्कार हो।

ती नाबालिगले जाहेरी दर्ता गर्न लागेको सूचना पाएपछि शाह केही रङ्ग पत्रकार लिएर पोखरा पुगेर फकाएका थिए। काठमाडौँ आएपछि पनि उनले ती नाबालिगलाई होस्टायल गरेर राख्ने लगायतका गतिविधि गरिरहेको बेला शाहले गर्लफ्रेन्ड र ब्वाइफ्रेन्डविरुद्ध शारीरिक सम्पर्क सामान्य हो। गर्भवती छौँ ? भनेर ती नाबालिग गायिकालाई तर्साएको अडियो सार्वजनिक भएको थियो।

गायिका अधिकारीले पलविरुद्ध सम्पूर्ण प्रमाण आफूसँग रहेको उल्लेख गरिरहेकै बेला पलले उनलाई कसैले उक्साएको बताएका थिए । सार्वजनिक अडियोमा समीक्षाले पलसँगको सम्बन्धको बारेमा खुलासा गरेको सुनिन्छ। समीक्षाले आफूलाई अभिनेता पल शाहले पीडित बनाएको बताएकी छन्।

शाहले अभिनय गरेको फिल्म ‘म यस्तो गीत गाउँछु-२’ शुक्रवारबाट प्रदर्शन हुँदैछ। सो फिल्मकी निर्मात्री पूजा शर्माले बालिकालाई केही दिन उजुरी नगर्न आग्रह गरेको स्रोतले बतायो।

गायिकाले उजुरी दिन सक्ने जोखिम देखेर शाहले उनलाई आफुसँगसँगै लिएर हिँडेका थिए। बुधवार उनी घर जान्छु भनेर पोखरा पुगेकी थिइन्। त्यहाँबाट पारिवारिक सल्लाह गरेर तनहुँ पुगेर जाहेरी दर्ता गराइन्।

नेपालको कानुन अनुसार १८ वर्ष मुनीकासँग सहमतिमै पनि शारीरिक सम्पर्क राख्न बलात्कार हो। सार्वजनिक भएको अडियोबाटै शाहले ती नाबालिगसँग शारीरिक सम्बन्ध राखेको पुष्टि हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *