कृषि प्राविधिकहरूको लागि ३ दिने क्षमता अभिवृद्धि तालिम


सुर्खेत, चैत्र ६ गते । कर्णाली प्रदेशमा कार्यरत कृषि प्राविधिकहरुका लागि ३ दिने क्षमता अभिवृद्धि तालिम शुरु भएको छ । कृषि अनुसन्धान परिषद् अन्तर्गत राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठानले कर्णाली प्रदेशका स्थानीय तहमा कार्यरत कृषि (बागवानी) प्राविधिकहरूको तालीम आयोजना गरेको हो।

वीरेन्द्रनगर स्थित कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन प्रशिक्षण केन्द्रमा सुरु भएको उक्त तालिमको उद्घाटन गर्दै भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव परशुराम रावतले कर्णाली प्रदेशमा जैविक प्रविधिहरू र माटोको उर्वरक व्यवस्थापनका उन्नत प्रविधिहरूको प्रयोग आवश्यक रहेको बताएका छन् ।

यस प्रकारको तालिमले स्थानीय तहमा कार्यरत प्राविधिकहरूलाई नयाँ प्रविधिहरूका बारेमा जानकारी दिन्छ र यसले कृषकहरूको लाभमा पनि सघाउने रावतको भनाई छ ।

तालिममा नार्क र प्रदेश सरकारको सहकार्य गर्दै अनुसन्धान सञ्चालन गर्ने योजना बनाइरहेको र त्यसको कार्यविधि तयार भएपछि कार्यान्वयनमा ल्याइने नार्कका बाली तथा बागवानी अनुसन्धान निर्देशक बिनेशमान साखले जानकारी दिए। उनका अनुसार अनुसन्धान, प्रादेशिक र स्थानीय तह बीचको समन्वय, प्रविधिको हस्तान्तरण र प्राविधिकहरूको क्षमता अभिवृद्धि समावेश भएको जनाएका छन् ।

कर्णालि प्रदेशबाट आवेदनद्वारा छनोट भएका १५ जना प्राविधिकहरूको सहभागिता रहेको तालिममा राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठानका निर्देशक डा. राजेन्द्र दराईले कृषि विकासमा अग्रपंक्तिमा काम गर्ने प्राविधिकहरूको क्षमता र दक्षता वृद्धिका लागि यस्ता तालिमहरूको आवश्यक रहेकाे बताएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *