नागरिकता विधेयक फिर्ता लिने प्रस्ताव प्रतिनिधिसभाबाट पारित


नागरिकता विधेयक संसदबाट फिर्ता लिने सरकारको प्रस्ताव प्रतिनिधिसभाबाट पारित भएको छ।

आज बसेको संसद बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले प्रस्तुत गरेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ लाई फिर्ता लिने प्रस्ताव बहुमतले पारित भएको सभामुख अग्नि प्रसाद सापकोटाले घोषणा गरे।

तीन वर्षसम्म संसदबाट पास हुन नसकेको विधेयकले निकास दिन नसक्ने भएपछि सरकार फिर्ता लिन बाध्य भएको खाँणले बताए। नागरिकताका सम्बन्धमा देखिएका समस्या समाधान होस्, नेपाली नागरिकले नागरिकता पाउन् भन्ने चाहेर नै सरकारले गम्भीर निर्णय गरेको दाबी गरे।

विभिन्न सांसदहरूले विधेयक फिर्ताको विरोधको सूचना दिए पनि निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले अस्वीकृत भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *