कुलमानलाई बर्खास्त गरिएकाेबारे प्रधानमन्त्रीले चित्त बुझ्दाे जवाफ नदिए सदन चल्दैन : प्रचण्ड


नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरिएकोबारे प्रधानमन्त्री केपी शर्मा ओलीले चित्त बुझ्दो जवाफ दिनुपर्ने बताउनुभएको छ ।

सङ्घीय संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले घिसिङलाई बर्खास्त गरिएकाेबारे प्रधानमन्त्री ओलीले चित्त बुझ्दो जवाफ नदिए प्रतिनिधिसभाको बैठक चल्न नदिने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कुलमानलाई बर्खास्त गरिएको विषयमा प्रधानमन्त्रीले संसद्को रोस्टमा आएर चित्त बुझ्दो जवाफ दिनुपर्छ, चित्त बुझ्दो जवाफ आए सदन चल्छ, नत्र चल्दैन । प्रचण्डले प्रधानमन्त्री ओलीसँग सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) को विषयमा छलफल भए पनि कुलमानलाई बर्खास्त गर्नेबारे कुनै छलफल नभएको प्रस्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *