प्रतिनिधिसभा बैठक भाेलि बस्ने


प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । आज बसेको पहिलो बैठक अवरुद्ध भएपछि केही समयका लागि स्थगित भएको थियो । दोस्रो पटक बसेको बैठक पनि प्रतिपक्षी दलका सांसदहरूले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक भाेलि बिहीवार बस्ने जानकारी दिनुभयो ।

यसअघि सभामुख घिमिरेले पटक–पटक सदन सञ्चालनको वातावरण बनाउन प्रतिपक्षी दलका सांसदहरूलाई अनुरोधसहितको रुलिङ गर्नुभएको थियो । आजको बैठकको शुरूमै प्रतिपक्षी दलका सांसदहरूले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट सरकारले बर्खास्त गरेको विषयप्रति विरोध जनाउँदै बैठक अवरोध गरेका थिए । उनीहरूले यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ दिनुपर्ने माग गर्दै संसद् अवरुद्ध गरेका थिए ।

प्रतिनिधिसभाको बैठक भाेलि बिहान ११ बजे बस्ने तय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *