उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्वले मात्रै विकास निर्माणको आवश्यकता पूरा गर्न अहिलेको अवस्थामा सम्भव नरहेको बताउँदै सरकारले वैकल्पिक वित्त कोषको प्रबन्ध गर्न लागेको बताएका छन्।
राजधानीमा भएको एक कार्यक्रममा उनले आगामी आर्थिक वर्षको बजेटले वैकल्पिक वित्त कोषको प्रबन्ध गरेको बताउँदै पूर्वाधार निर्माणमा देखिएको वित्तीय अभाव त्यसैबाट पूर्ति गरिने बताएका हुन्। उनकाअनुसार उपलब्ध स्रोतले विकास निर्माणको आवश्यकता पूरा गर्न अहिले कठिन छ। लागत र प्रतिफलको सन्तुलन मिलाएर निजी क्षेत्रलाई लगानी गर्न यो बजेटले ढोका खोलेको छ। त्यसले स्रोत व्यवस्थापनको चुनौती समेत सम्बोधन गर्ने अपेक्षा सरकारको छ।
उनले राजस्वले पूर्वाधार निर्माण गर्नसक्ने सामर्थ्य बनाउनेगरी अघि बढ्न भने जरुरी रहेको बताए।
