डिजेल र मट्टीतेलको मूल्य २ रुपैयाँ घट्यो


सरकारले डिजेल र मट्टीतेलको भाउ घटाएको छ। नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलको भाउ प्रतिलिटर २ रुपैयाँ घटाएको हो।

भारतबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलको भाउ प्रतिलिटर ४५ पैसा बढेर आएको र डिजेल तथा मट्टितेलको भाउ भने प्रतिलिटर २ रुपैयाँ १५ पैसा घटेर आएको थियो।

बढे पनि पेट्रोलको भाउमा कुनै घटबढ नगरिएको तर डिजेल तथा मट्टितेलको भाउ घटाइएको निगमको भनाइ छ। यस्तै हवाइ इन्धनको मूल्य पनि घटाएर समायोजन गरिएको निगमले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *