अख्तियारको छापा: ३ करोड हिनामिना उजुरी


वीरेन्द्रनगर उपत्यका नगरविकास समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले छापा मारेको छ ।

समितिका लेखापाल खड्क रानाले ३ करोड रूपैयाँ हिनामिना गरेको उजुरी अख्तियारको केन्द्रीय कार्यालय टंगालमा परेपछि सुर्खेत कार्यालयको टोलीले छापा मारेको हो ।

उजुरीका आधारमा अख्तियारले नगदी रसिदहरूसहित अन्य कागजातहरू नियन्त्रणमा लिएको छ । करिब दुई घण्टा अख्तियारको टोलीले उपत्यका नगरविकास समितिको कार्यालयमा खानतलासी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *