बाँकेमा मान्छेलाई पटक–पटक आक्रमण गरेको बाघ नियन्त्रणमा


बाँकेमा मान्छेलाई पटक–पटक आक्रमण गरेको बाघलाई नियन्त्रणमा लिइएको छ ।

वन डिभिजन कार्यालय, बाँकेका प्रमुख दधीराम कँडेलका अनुसार राप्तीसोनारी ६, राप्तीपीडित सामुदायिक वनबाट बाघलाई डट गनको माध्यमबाट बेहोस बनाई नियन्त्रणमा लिएर खोरमा लैजान थालिएको छ ।

राप्तीपीडित सामुदायिक वनमा पछिल्लो पटक बाघले धनबहादुर चलाउनेलाई आक्रमण गरेपछि वनको टोलीले बाघ नियन्त्रणमा लिने प्रयास गरेको थियो ।

पछिल्लो केही महिनादेखि राप्तीसोनारी गाउँपालिका वडा नं ४ र ६ मा सो बाघले ५ जनालाई मारेर खाएको तथा केहीलाई घाइते बनाएको र धेरैले भागेर ज्यान जोगाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *