हिंसा, आगजनी र मानवीय क्षति सुन्दा दुःख लाग्यो : पूर्वराजा शाह


पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाण्डौको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनबारे सुन्दा दुःख लागेको बताउनुभएको छ ।

नयाँ वर्ष–२०८२ का अवसरमा भिडियो सन्देश जारी गर्दै शाहले तीनकुने घटनामा दुःख व्यक्त गर्नुभएको हो । उहाँले स्वतन्त्रताभन्दा ठूलो तन्त्र र वाद नहुने पनि बताउनुभएको छ । प्रजातन्त्रमा राम्रो, नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार रहने उहाँकाे सन्देशमा उल्लेख छ ।

देशमा व्याप्त अशान्ति, अराजकता, निराशा र असन्तुष्टिबाट आमनेपालीलाई मुक्त गर्न नेपालको राजसंस्थाले जहिल्यै पनि योगदान पुर्‍याउँदै आएको पूर्वराजा शाहको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *