कर्णाली नदीमा एक पुरुषको शव फेला


कर्णाली नदीमा एक पुरुषको शव फेला परेको छ । लम्कीचुहा नगरपालिका वडा नम्बर ३ चिसापानी क्षेत्रको कर्णाली नदीमा करिब ५२ वर्ष जस्तो देखिने पुरुषको शव फेला परेको हो ।

कर्णाली नदीमा बग्दै आएको पुरुषको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले प्रहरीले नदीबाट पुरुषको शव निकालेको छ ।

शव केही दिन पहिलाको जस्तो देखिएको र नदीमा पानीको सतह बढेकाले पहाडी जिल्लाबाट शव बगेर आएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

कालो रङ्गको कट्टु र खैरो रङ्गको सर्ट लगाएका उनको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *