मेलम्चीको पानी काठमाडौं झर्दा पनि विरोध ? – शान्ता चाैधरी


काठमाडौं । ‘के जनताबीच जाने कुरा असंवैधानिक हुन्छ ?’ – यो प्रश्न एमाले सांसद् शान्ता चौधरीको हो ।

प्रतिनिधि सभाको विशेष समयमा बोल्दै एमाल सचेतक चौधरीले प्रतिनिधि सभा विघटन गर्न वाध्य पार्नेहरुलाई सो प्रश्न गर्नुभएको हो । शान्ताले प्रश्न गर्नुभयो – ‘जनताको बीचमा जाने कुरा असंवैधानिक कदम हुन्छ र ? प्रतिगमन हुन्छ र ? म उहाँहरुसँग यही प्रश्न गर्न चाहन्छु ।’

सरकारले धेरै राम्रा काम गरेको बताउँदै शान्ताले दोषी आँखाहरुले ती काम नदेखेको बताउनुभयो । विरोधका लागि मात्रै सरकारको विरोध गरिएको भन्दै शान्ताले असन्तुष्टि जनाउनुभयो ।

उहाँले भन्नुुभयो – ‘सरकारले गरेका राम्रा कामको पनि किन विरोध गरीन्छ ? मेलम्चीको पानी काठमाडौंबासीका धारामा झर्.यो यसको पनि विरोध गर्नहुन्छ होला केही केहीले, ७ सय ५० बढी पुल बने यसको पनि विरोध गर्नुहुन्छ, विप्लव र सिके राउतलाई शान्तिपूर्ण राजनीतिमा ल्यायो, देश कृषिमा आत्मानिर्भर हुँदैछ, यसको पनि सायद विरोध गर्नुहुन्छ होला ?’

विश्वका विकसित देशले समेत आफ्ना नागरिकलाई खोप दिन नसकेका बेला केपी ओली नेतृत्वको सरकारले जनतालाई खोप लगाइरहेको शान्ताले बताउनुभयो । सदनमा मर्यादित ढंगले प्रस्तुत हुन पनि उहाँले आग्रह गर्नुभयो । ‘कसले कति जनाको हत्या गर्.यो भन्ने जनतालाई थाहा छ, त्यसैले सदनमा मर्यादित ढंगले प्रस्तुत हौं’– शान्ताले भन्नुभयो । सनराइज खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *