देउखुरीमा ५ सय ७५ जनाले गरे एमाले प्रवेश


दाङ : त्यसो त, पछिल्लो समय नेकपा एमालेमा युवाहरूको क्रेज बढ्दो छ। देशका विभिन्न क्षेत्रमा हुने एमालेको पार्टी प्रवेश कार्यक्रममा युवाहरूको बाक्लो उपस्थिति रहने गर्दछ।

एमाले प्रतिको विश्वास युवाहरूमा रहेको पाइन्छ। यसैबीच, दाङमा एकैदिन ५ सय ७५ जना एमाले प्रवेश गरेका छन् ।

दाङ क्षेत्र नम्बर १ देउखुरीमा मंगलबार एमालेले आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेस, जनमोर्चा, माओवादी लगायत एस पार्टी त्याग गरि जनताको लोक प्रिय पार्टी एमालेमा ५ सय ७५ जनाले प्रवेश गरेका हुन् ।

नव प्रवेशिहरुलाई एमाले पार्टीका महासचिव तथा कार्यक्रमका प्रमुख अतिथि शंकर पोख्रेलले स्वागत गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *