जम्मू–कश्मीरमा आतङ्ककारी आक्रमण : प्रधानमन्त्री ओली र भारतीय समकक्षी माेदीबीच टेलिफाेन वार्ता


भारतको जम्मू–कश्मीरको पहलगाममा एक जना नेपालीसहित कम्तीमा २६ जनाको ज्यान जानेगरी भएको आतङ्ककारी आक्रमणबारे प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोनमा कुराकानी गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल एक्समार्फत भारतीय प्रधानमन्त्री मोदीसँग आतङ्कवादी हमलाबारे कुराकानी भएको उल्लेख गर्नुभएको छ ।

यस्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आतङ्कवादी आक्रमणमा संलग्नलाई कानूनी कठघरामा उभ्याउने बताउनुभएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । मोदीले एक जना नेपाली नागरिकको मृत्यु भएकोप्रति समवेदना व्यक्त पनि गर्नुभएको छ ।

हिजो आतङ्कवादी समूहले गरेको आक्रमणमा पहलगाममा रहेको पर्यटकीय क्षेत्रमा २६ जनाको ज्यान गएको थियो । आक्रमणमा परेर बुटवलका सुदीप न्यौपानेको पनि ज्यान गएको गृहमन्त्री रमेश लेखकले जानकारी गराउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *