कक्षा १२ को परीक्षा स्थगित !


राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले उक्त जानकारी दिनुभएको हो।

यसअघि आजै बिहान परीक्षा बोर्डले सरकारको सहयोगमा निजामती कर्मचारीलाई प्रयोग गरेर भए पनि १२ को परीक्षा गराउने भन्दै आन्दोलनरत शिक्षकलाई चेतावनी दिनुभएको थियो।

निजामती कर्मचारीले १२ कक्षाको परीक्षा आफूहरूले सञ्चालन गर्न नसक्ने बताएपछि सरकार परीक्षा सञ्चालन गर्नबाट पछि हटेको हो। ​

परीक्षा सञ्चालन हुन नसक्ने अवस्था देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अघि साँझ बोर्डका अध्यक्षलाई परीक्षा सार्न सुझाव दिनुभएको थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *