बाँकेमा बढ्यो यौनजन्य गतिविधि


नेपालगन्ज यौनजन्य ब्यवसाय बढ्दै गएको पाइएको छ । भारतीय नागरिकहरुका लागि यौनजन्य क्रियाकलापको लागि उत्कृष्ट नजिकको गन्तब्यको रुपमा विकसित बनेको नेपालगन्जका ठुला स्टार होटेल, नजिकका पर्यटकीय स्थानहरु उनीहरुको रोजाईमा पर्ने गरेको होटेल ब्यवसायीहरु नै बताउने गर्छन् ।

नेपालगन्जको मात्रै होईन, बाँकेको कोहलपुर, चप्परगौरी, राझा एरर्पोर्ट र बाकेका होमस्टेमा समेत त्यस्ता क्रियाकलाप मौलाउदै गरेको जानकारहरु बताउदै आएका छन् । उसो त नेपालगन्ज वा बाँके जिल्लामा ठुला होटेल र होमस्टेमा मात्रै त्यस्ता क्रियाकलाप हुने गरेको भने होइन, नेपालगन्जका केही स्थानहरूमा साझपख सडक छेउछाउमै यौवनको मोलमोलाइ हुनेगरेको बताइन्छ ।

त्यसो त नेपालगन्जमा प्रहरिले त्यस्ता क्रियाकलापलाई रोक्न प्रयास भने नगरेको होईन , नेपालगन्ज वडा प्रहरी तथा जिल्ला प्रहरी कार्यालयले बेलामौकामा त्यस्ता यौनजन्य क्रियाकलाप हुने होटेलहरुमा छापा मार्ने र त्यस्ता क्रियाकलापमा संलग्न हुने ब्यक्ती तथा होटेल संचालकलाई नसियत समेत दिने गरेको छ तर पनि त्यस्ता क्रियाकलाप भने रोकिएको छैन ।

भने अधिकाश लागुपदार्थ दुर्ब्यसनमा लागेका युवा युवतिहरु समेत त्यस्ता क्रियाकलापमा होमिएको नेपालगन्जमा विभिन्न समयमा हुने एनजीओको गोष्टिहरुमा सरोकारवाला निकायले बताउदै आएका छन् । सुचना प्रबिधिको बिकास, दैनिक बढ्दै जाने महङ्गी, रोजगारीको सृजना नहुनु र लहलहै जस्ता कयौ कारणले गर्दा अहिलेको युवतिहरु यस्ता यौनजन्य क्रियाकलाप होमिदै गएको एक अध्यनले देखाएको छ ।

प्रबिधिलाई प्रयोग गरेर समेत त्यस्ता डिलहरु हुने गरेको कयौ उदाहरण समेत छन् । सामाजिक संजाल फेसबुक, इन्स्टाग्राम, टुइटर र टिन्डर जस्ता एपको माध्यमद्वारा यौनको मोलमोलाइ तथा खरिदबिक्री हुने गरेको र त्यसको भनक प्रहरी र प्रशासनलाई नहुने भएका कारण समेत यस्ता यौनजन्य क्रियाकलाप नेपालगन्जमा समेत मौलाउदै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *