`स्वास्थ्य नै धन हो´ भन्ने मुल नाराका साथ आज शनिबार बाँकेको नेपालगन्ज रंगशालाको कवड हलमा भएको चौथो मेयर कप शारीरिक सुगठन प्रतियोगिताको फाइनल प्रतियोगिता सम्पन्न भएको छ।
हिजो भएको ५५,६०,६५,७०,७५ र +७५ भन्दा माथि तोैलको प्रि जजिङ बाट ५-५ जना गरि ३० जनालाई सिधै फाइनलमा प्रवेश गरिएको थियोे । फाइन प्रवेश गरेका लाई आज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्रि द्वारा अवलोकन तथा निरिक्षण गरि सबै तोैलका ५-५ जनाबाट प्रथम , दोस्रो र तेस्रो हुनेलाई नगत रु ५ हजार, ३ हजार र २ हजार रकम सहित, मेडल , तक्मा र प्रमाणपत्र लगायत सहित सम्मान गरिएको थियोे ।
शारीरिक सुगठनको उपाधि हिमेश श्रेष्ठले चौथो मेयर कप शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् । शनिबार सम्पन्न सुगठन प्रतियोगितामा ४१ जनालाई पछि पार्दै श्रेष्ठ प्रथम भएका हुन् ।
उपाधिसंगै श्रेष्ठले नगर २० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । उनलाई प्रमुख अतिथि एवम् नेपालगन्ज उप-महानगरपालिकाका मेयर डा.धवलशम्शेर राणाले पुरिस्कृत गर्नु भएको थियोे भने वल्ड बडिबिलडिङ च्याम्पियन महेश महर्जनको उपस्थितिमा कार्यक्रम भएको थियोे।
