नेपालगन्ज : बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ४ खोदावां गाउँमा भीषण आगलागी भएको छ ।
नरैनापुर गाउँपालिकाका प्रमुख इस्तियाक अहमद शाहले दिएको जानकारी अनुसार आज पुनः नरैनापुर गाउँपालिका वडा नम्बर ४ मा भीषण आगलागी भएको हो ।आगलागीबाट करिब १२० बढि घर जलेको छ ।
उता नरैनापुर गाउँपालिका प्रमुख शाहले आफ्नो सामाजिक संजाल फेसबुकमा उक्त कुराको जानकारी दिएका छन् ।
शाहले यो विषम परिस्थितिमा केन्द्र प्रदेश र अन्य स्थानिय सरकारलाई सहयोगको लागि अपिल गरिएको बताएका छन् ।
