हिमताल फुटेर आएको बाढीबाट प्रभावित गाउँमा ६ दिनपछि राहत सामग्री पठाइयो


हिमताल फुटेर आएको बाढी र पहिरोबाट प्रभावित हुम्लाको नाम्खा गाउँपालिका–६, तिलगाउँमा ६ दिनपछि बुधाबर राहत सामग्री पठाइएको छ। ‎हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला विपद् व्यवस्थापन ब्यवस्थापन समितिबाट चामल लगायतका राहत सामग्रीहरु पठाइएको जानकारी दिनुभयो।


उहाँको अनुसार १० क्वीन्टल चामल, १०० लिटर तिल, दुई क्वीन्टल नुन, दुई क्वीन्टल नै चिनी, ३० क्वीन्टल मैदा, १‘१ क्वीन्टल भुजा, चिउरा, १० पोकेट चिया पठाइएको छ। ‎‎यस्तै आलु, सागसब्जी, साबुनदेखि औषधीहरु पठाइएको उहाँले बताउनुभयो । ‎चारवटा त्रिपाल र १० बाख्रा सिमेन्ट पनि पठाइएको छ । ‘सिमीकोटबाट हामीले गाडीमा सामान पठाएको हो, यतिवेलासम्म पुगिसक्यो होला,’ उहाँले भन्नुभयो ।

‎तिलगाउँमा बाढी र पहिरोका कारण १८ वटा घरधुरी प्रभावित छन्। ‎गाउँ नजिक पहिरो पुग्दा बस्ती नै जोखिममा परेकाले तिलगाउँवासी खोलापारी फाँटमा बसिरहेका छन् । ‎‎बाढी र पहिरोले बिजुली बत्ती, खानेपानी, सिँचाइ, पुलपुलेसा लगायत सार्वजनिक पूर्वाधारमा क्षति भएपछि तिलगाउँवासीको आवत–जावत र दैनिक जीवन कष्टकर बनेको छ। ‎यद्यपि अहिलेसम्म बाढीले बस्ती जोखिममा पारेको र भौगर्भिक अध्ययन हुन सकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *