प्रचण्डको आत्मसमीक्षा: सुशासन र समाजवादका लागि माओवादी फेरि जनतामाझ


नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गम्भीर आत्मसमीक्षासहित जनतामाझ आएको बताउनुभएको छ । सदरमुकाम खलङ्गामा मङ्गलबार आयोजित सर्वपक्षीय अन्तरसंवादमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो।

जनतासँग माओवादी, मध्यपहाडी लोकमार्ग अन्तर्गत जागरण अभियानको सिलसिलामा जाजरकोट सदरमुकाम आएका प्रचण्डले क्रियाशील राजनीतिक दल, कर्मचारी, सरोकारवाला निकाय, सर्वसाधारणसँगको अन्तरसंवादमा सुशासन, आर्थिक समृद्धि, समाजवादलाई सुदृढ गर्ने, जनताको जीवनस्तरमा परिवर्तन ल्याउन उत्पादनमा जोड दिने बताए । उनले युवापुस्ता विदेश पलायन हुन थालेपछि स्वदेशमा रोजगारी सिर्जना गर्नुपर्ने, सामन्तवादका अवशेष बाँकी रहेकाले जनताको आर्थिक सामाजिक रूपान्तरण गर्न लाग्नुपर्ने बताए । उनले जनतासँग माओवादी जागरण अभियानका क्रममा स्थानीय तह र सर्वसाधारणबाट सहयोग पाएको बताउनुभयो ।

जनतासँग माओवादी जनजागरण अभियानले जनतामा खुसी ल्याएको छ । सर्वसाधारणबाट आएका सुझावलाई आत्मसात्सहित संविधानको रक्षा गर्दै बाँकी काम पूरा गर्न माओवादी केन्द्र जनतासमक्ष आएको छ,उहाँले भन्नुभयो । अन्तरसंवादमा क्रममा अलपत्र नलगाड हाइड्रोपावर आयोजनाको काम अघि बढाउन आग्रह गरिने उनले बताए । कार्यक्रममा एमालेका रामचन्द्र घर्तीले सशस्त्र द्वन्द्वमा माओवादी केन्द्रले उठाएका सवाल शान्ति प्रकियापछि बिर्सिएको बताउनुभयो  । जनता दलप्रति असन्तुष्ट हुँदै गएका बेला ठुला दलले परिवर्तन देखाउनुपर्ने भनाइ उहाँको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *