हुम्लामा विपद् : एक हप्तापछि पठाइयो राहत सामग्री


हिमताल फुटेर आएको बाढी र पहिरोबाट प्रभावित हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ६ तिलगाउँका लागि कर्णाली सरकारले एक हप्ता (७ दिन) पछि बिहीबार राहत सामग्री पठाएको छ । 

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता उत्तम गौतमका अनुसार पाँच सेट टेन्ट (अस्थायी घर), २० क्विन्टल खाद्यान्न, १८ सेट सोलार र म्याट्रेस लगायतका राहत सामग्री पठाइएको छ । 

जिल्ला प्रशासन कार्यालयबाट माग गरे बमोजिम राहत सामग्री पठाइएको उहाँले बताउनुभयो। राहत सामग्री गाडीमार्फत पठाइएको छ । हुम्लाको दुर्गम तिलगाउँमा पुग्न केही दिन लाग्ने छ । 

यही जेठ १ गते राति आएको बाढी/पहिरोबाट तिलगाउँमा क्षति पुर्‍याएको थियो । गाउँ पहिरोको उच्च जोखिममा रहेको छ भने तिल गाउँवासी खोलापारी फाँटमा रहेको विद्यालय र चौरमा बसिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *