यार्सागुम्बा सङ्कलन गर्न गएका दुई समूहबीच हानाहान


डोल्पाको ठूलीभेरी नगरपालिका-१ ठाला लेकमा यार्सागुम्बा सङ्कलन गर्न गएका दुई समूहबीच शनिबार दिउँसो झडप भएको छ।

पूर्वी रुकुमको मैकोट गाउँपालिका र डोल्पाको काइके गाउँपालिका तथा ठूलीभेरी नगरपालिकाका स्थानीयबीच यार्सागुम्बा सङ्कलनमा सीमा इलाकाको विषयमा विवाद भई छ-सात सय जनाको सङ्ख्यामा रहेकाबीच झडप भएको हो।

स्थितिलाई नियन्त्रणमा लिनका लागि सशस्त्र प्रहरी बल नेपाल नं ४६ गुल्म डोल्पाबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमान्डमा प्रहरी खटिएको छ।

झडपलाई नियन्त्रणमा लिन दुई राउन्ड हवाई फायर गर्नुपरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले त्यहाँको अवस्था सामान्य छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *