कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जनताको भावना र मर्म अनुरुप काम गरे पछी मात्र गणतन्त्र बलियो हुने बताएका छन । बिहीबार १८ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै कँडेलले जनतालाई भोटर बैक मात्र नसोची जनता बाट निर्वाचित नेतृत्व तहले जनतालाइ मुख्य केन्द्रबिन्दु मानेर जनताको लागी काम गर्ने अभ्यास गरे मात्र गणतन्त्रलाई थप सुदृढ र बलियो बनाउने बताएका हुन । उनले शासन प्रणाली विकासका क्रममा कमजोरीहरू देखा पर्ने र त्यसले गणतन्त्र कार्यान्वयन पक्षलाइ नै फितलो बनाउने भन्दै कतिपय कार्यशैली र व्यवहारमा परिवर्तन गर्नुपर्नै कुरामा जोड दिएका छन ।
लोकतान्त्रिक गणतन्त्र प्राप्ति तथा उपलब्धिका लागि भएका सङ्घर्षमा जीवन आहुती गर्ने सम्पूर्ण ज्ञात तथा अज्ञात शहिदहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनको अगुवाइ गर्ने सम्पुर्ण अग्रजहरूमा सम्मान व्यक्त गरेका छन । कँडेलले आन्दोलनमा सहभागी आम जनसमुदाय, नागरिक समाज, राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू एवम् सबै क्षेत्र र वर्ग समुदायको योगदानको उच्च प्रशंसा समेत गरेका छन ।
उनले युगान्तकारी परीवर्तनको सबै किसिमका आयामलाई सामाजिक र आर्थीक आयामसँग जोडेर स्वच्छ र समुन्नत शासन प्रणाली विकास गर्न सकेमा मात्र गणतन्त्रको आयु दिगो उनको दाबी छ ।
