संवाददाता डम्बर केसी
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ गाभरमा बाघले मान्छे खाएको छ। गाभरस्थित भेरी राप्ती स्टाफ होटलमा काम गर्ने अन्दाजी ४५ वर्षका ब्यक्तिलाई पाटेबाघले खाएको हो।
आइतबार देखि हराईरहेका उनको खोजी गर्दा सोमबार बिहान आधा शरीर खाएको शव भेटिएको स्थानीयले जानकारी दिए । केही समयदेखि होटलमा मजदुरी गर्दै आएका मृतकको नाम र ठेगाना भने खुलेको छैन ।
मधेशी समुदायका ती ब्यक्तिलाई स्थानीयले ‘भैया’ भनेर बोलाउने गरेका थिए। घटनास्थलमा अहिले जनप्रतिनिधि, प्रहरी र स्थानीय बासिन्दा भेला भएका छन्। राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु र उपाध्यक्ष धनीकुमारी खत्री पनि घटनास्थलमा पुग्दैछन्।
होटलमा काम सकेपछि उनि सधैं बेलुकीपख गाउँको नजिकै राजमार्गको पुलमा गएर बस्थे, हावा खाएर फर्किन्थे, त्यही बेलामा बाघले झम्टेर लगेछ,’ मृतकको शव पूर्वपश्चिम राजमार्गबाट करिव ५ सय मिटर उत्तरतर्फ निकुञ्ज भित्रको जंगलमा भेटिएको स्थानीयले बताए ।
दुई दिनअघि मात्र गाउँमै पसेर बाघले दुई वटा बाख्रा र बाच्छो समेत खाइदिएको स्थानीयले बताए । ‘पाटेबाघको दुई जोडी नै छ,आजभोलि गाउँ नजिकै आएर कराउँछन् दुई/तीन दिनदेखि प्रायः देखिन्छन् हामीले धेरै पटक बाघलाई देखीसकेकाछौ स्थानीयले भने हाम्रो गाउमा बाघले धेरै नै आतंक मच्चाइरहेको छ। हामि धेरै त्रसित भएका छौ ।

